dosa dosa

राष्ट्रिय महिला हक्कीको उपाधि आर्मीलाई 

सोमबार, वैशाख २२, २०८२

काठमाडौँ : राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधि नेपाल आर्मीले जितेको छ ।

गण्डकी प्रदेश दोश्रो तथा मधेश प्रदेश तेश्रो भए । आर्मीकी निलिमा पाण्डे प्रतियोगिताकै उत्कृष्ट खेलाडी तथा मधेशकी खुश्बु कुमारी उदीयमान खेलाडी घोषित भईन् । गोलरक्षकमा गण्डकीकी अनिशा थापा मगर तथा डिफेन्समा गण्डकीकी सोनु बराल डिफेन्समा उत्कृष्ट घोषित भईन् ।

प्रतियोगिताभर ५ गोल गरेकी आर्मीकी कमला चन्द सर्वाधिक गोलकर्ता बनिन् । 
 

प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२  १७:२२
प्रतिक्रिया दिनुहोस्