सन्तोषी श्रेष्ठले बनाईन् राष्ट्रिय किर्तिमान

सोमबार, वैशाख १५, २०८२

काठमाडौँ : नेपालकी धाविका सन्तोषी श्रेष्ठले लन्डन म्याराथनमा आफ्नै किर्तिमान भंग गरेकी छन् ।

सन्तोषीले निर्धारित दूरी २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गर्दै राष्ट्रिय किर्तिमान समेत बनाउकी छन् । यसअघि उनले सन् २०२४ जनवरीमा भएको बङ्गबन्धु ढाका म्याराथनमा स्वर्ण जित्दा राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । डेब्यू म्याराथन उनले २ घण्टा ४६ मिनेट २३ सेकेन्डमा पूरा गरेकी थिइन् ।

सन्तोषीले गत वर्ष पेरिस ओलम्पिकमा ७९औं स्थानमा रहँदै म्याराथन पूरा गरेकी थिइन् । 
 

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  १४:४४
प्रतिक्रिया दिनुहोस्