सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठकाडौँ :दक्षिण एसियाली युथ टेबलटेनिस प्रतियोगितामा नेपालले एक स्वर्ण सहित कूल १२ पदक हात पारेको छ ।
अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगितामा नेपालले १ स्वर्ण, ६ रजत र ५ कांस्यसहित १२ पदक जितेको हो ।
यु–१९ ब्वाइज टिम इभेन्टमा स्वर्ण तथा यु–१९ गल्र्स टिम इभेन्टका रजत जित्न सफल नेपाली टोली उज्वेकिस्तानमा हुने एसियाली जुनियर टेबलटेनिस प्रतियोगिताका लागि छनोट भएका छन् । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य–सचिव दीपक लामा, अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाल, उपाध्यक्षद्वय सुमन खड्गी र पूर्णशंकर श्रेष्ठ, महासचिव कुँवेरप्रकाश सिंहलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरेका छन् ।