सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं:अन्तरास्ट्रिय महिला टी-२० सिरिजमा थाईल्याण्डले पहिलाे हार भाेगेकाे छ ।
आज भएको खेलमा नेदरल्यान्डले थाईल्याण्डविरुद्ध १ विकेटकाे राेमाञ्चक जित निकालेकाे हाे । अन्तिम बलमा २ रन आवश्यक रहेकाे अवस्थामा नेदरल्यान्डले उक्त रन पूरा गर्दै जित निकालेकाे हाे । जितकालागि थाइल्यान्डले दिएकाे ११० रनकाे लक्ष्य नेदरल्यान्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर भेट्टाएकाे हाे ।
त्यसअघि त्रिवि क्रिकेट मैदान किर्तिपुरमा टस जितेर पहिले ब्याटिङ थालेकाे थाइल्यान्डले निर्धारित ओभरमा ५ विकेट गुमाएर १०९ रन बनाएकाे थियाे ।
जितसङ्गै नेदरल्याण्डले ८ अंक जाेडेकाे छ । एक खेल कम खेलेकाे थाईल्याण्डकाे समान ८ अंक छ । नेटरनरेटमा अघि रहेकाे थाईल्याण्ड शिर्ष स्थानमा छ ।