ADD FOR WEBSIDE ADD FOR WEBSIDE
गौतमबुद्ध रंगशाला :

गौतमबुद्ध रंगशाला निर्माण पुनः शुरु हुँदै

संघीय सरकारले २५ करोड लगानी गर्ने
शुक्रबार, असार १४, २०८१

काठमाडौं :लामो समयदेखि अलपत्र परेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण असारबाटै पुनः शुरु हुने भएको छ ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने ठेक्का ललितपुरस्थित हिमालयन कालिन्चोक बिबिआर जेभीलाई परेको हो । रंगशाला निर्माणका लागि गएको शुक्रबार भरतपुर महानगरपालिकाले टेण्डर आह्वान गरेकोमा १२ कम्पनीमध्ये हिमालयनले सबैभन्दा कम रकममा निर्माण गर्ने आर्थिक प्रस्ताव पेस गरेको हो । 
हात्तीवन–१५ ललितपुरस्थित उक्त कम्पनी रंगशाला निर्माणका लागि छनोट भएसँगै सात दिनको आशयपत्र जारी गरिएको महानगरपालिकाको शहरी पूर्वाधार महाशाखा प्रमुख एवम् वरिष्ठ इन्जिनियर सन्तोष आचार्यले स्पोर्टस् हबलाई जानकारी दिए । उनका अनुसार कम्पनीलाई अबको एक सातापछि सम्झौता गर्नेछ । सम्झौता लगत्तै कम्पनीले असारभित्रैबाट काम थाल्ने उनले बताए ।
असार २४ गते महानगरको खाता बन्द हुने भएकाले त्यसअघि नै सम्झौता गरेर मोबिलाइजेसन बजेट उपलब्ध गराउने महानगरको तयारी छ । 
तीनै तहका सरकारको समन्वयमा रंगशाला निर्माण गरिने यसअघि नै तय भइसकेको छ ।
अहिले काम सुरु गर्न बागमती प्रदेश सरकारले दिएको ५ करोड रूपैयाँ मोबिलाइजेसन कालागि निकासा हुनेछ । 
चालु आर्थिक वर्षकै लागि प्रदेश सरकारबाट ७ अर्ब आउने वरिष्ठ इन्जिनियर आचार्यले जानकारी दिए । बागमती सरकारले आगामी आर्थिक वर्षको लागि बजेटमार्फत १० करोड रुपैंया विनियोजन गरेको घोषणा गरेको छ ।

आवश्यकता अनुसार रकम उपलब्ध गराउने बजेटमार्फत घोषणा गरेको संघीय सरकारले २५ करोड रुपैंया दिने सहमति भए अनुसार पत्राचार भएको वरिष्ठ इन्जिनियर आचार्यले जानकारी दिए । उनका अनुसार आगामी आर्थिक वर्षका लागि भरतपुर महानगरपालिकाले ५ करोड रुपैंया बजेट विनियोजन गरिसकेको छ ।

रंगशाला निर्माणका लागि तीनै तहका सरकारबाट आगामी आर्थिक वर्षसम्मका लागि करिब ५० करोड रकम बजेट विनियोजनको घोषणा भइसकेको छ ।
जेभीले भ्याट र पिएस बाहेक ६८ करोड २ लाख ६४ हजार २०७ रूपैयाँ ८४ पैसामा निर्माण गर्नेगरी आर्थिक प्रस्ताव पेस गरेका छ ।

sea-1719579212.jpeg

कम्पनीले रंगशालाको मैदानसहित ५ वटा पीच, १५ हजार जना बस्न मिल्ने प्यारापिट, ड्रेन, २ वटा ३/३ तल्लाको भिआइपी टावरलगायतका संरचनाहरू निर्माण गर्नेछ । सम्झौता भएपछि कम्पनीले २६ महिनाभित्र रंगशाला निर्माण सम्पन्न गर्नुपर्नेछ । 
 

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  १८:३९
प्रतिक्रिया दिनुहोस्