हिसान टेवुल टेनिसको उपाधि अरनिको कलेजलाई

आइतबार, माघ १८, २०८२

विराटनगर :उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोट्र्स मिट २०८२ अन्तरगत भएको हिसान टेबुल टेनिसको उपाधि छात्र तथा छात्रातर्फ विराटनगरको अरनिको कलेजले उपाधि जितेको छ ।

शहिद मैदानको कवड हलमा भएको टेबुल टेनिसको छात्र टिम इभेन्ट्समा अरनिको कलेज प्रथम भयो भने शिक्षादिप कलेज दोस्रो तथा  कान्तिपुर कलेज र भानु कलेज तेस्रो भयो भने छात्रा टिम इभेन्ट्समा अरनिको कलेज प्रथम भयो भने शिक्षादिप कलेज दोस्रो तथा  कान्तिपुर कलेज र मेरिल्याण्ड कलेज तेस्रो भयो ।

त्यस्तै छात्र एकलमा मेरिल्याण्डका डेविट बोहरा प्रथम, अरनिकोका आधार दाहाल दोस्रो तथा शिक्षादिप कलेजका आर्यन श्रेष्ठ र अविचल पोखरेल तेस्रो भए भने छात्रा एकलमा अरनिकोकी ओमकुमारी चौधरी प्रथम, अरनिकोकी साधाना चौधरी दोस्रो तथा मेरिल्याण्डकी जीयासेन गुप्ता र प्राप्ती कार्की तेस्रो भइन् ।

 

प्रकाशित मिति: आइतबार, माघ १८, २०८२  १६:०३
प्रतिक्रिया दिनुहोस्