सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ:साफ फुटसल च्याम्पियनशिपको पुरुषतर्फ नेपालले विजयी सुरुआत गरेको छ।
थाइल्यान्डको हुआ मक इनडोर स्टेडियममा आज सम्पन्न खेलमा नेपालले श्रीलङ्कालाई २–१ गोलले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गर्यो। यस जितसँगै नेपालले ३ अङ्क जोडेको छ।
महिलातर्फ भने नेपालले मिश्रित नतिजा निकालेको छ। पहिलो खेलमा श्रीलङ्कासँग २–२ गोलको बराबरी खेलेको नेपालले दोस्रो खेलमा माल्दिभ्सलाई ५–० गोलले फराकिलो अन्तरमा हराउँदै बलियो प्रदर्शन गरेको थियो।
दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) ले पहिलो पटक आयोजना गरेको साफ फुटसल च्याम्पियनशिपमा दक्षिण एशियाका सातै देश—नेपाल, भारत, माल्दिभ्स, बङ्गलादेश, भुटान, श्रीलङ्का र आयोजक थाइल्यान्ड—का पुरुष तथा महिला टोली सहभागी छन्।
लिग चरणका सबै खेल सकिएपछि शीर्ष स्थानमा रहने टोलीले च्याम्पियनसिपको उपाधि जित्नेछ।