T10 T10

श्रीलंकासँग प्रतिस्पर्धा गर्दै नेपाल

मंगलबार, पुस २९, २०८२
Global

काठमाडौं :साफ महिला फुटसल च्याम्पियनसिपमा नेपालले मंगलबार (पुस २९) श्रीलंकासँग खेल्दै छ । 

यो नेपाली राष्ट्रिय महिला फुटसल टिमले खेल्न लागेको पहिलो औपचारिक प्रतियोगिता हो ।

त्यसैगरी, दक्षिण एसियाली फुटसल महासंघ (साफ)को इतिहासमै पहिलोपटक प्रतियोगिता आयोजना भएको फुटसल प्रतियोगिता हो । 

खेलमा दुवै टोली विजयी सुरुआतको खोजीमा हुनेछ । 

थाइल्यान्डको बैंककस्थित नोन्थाबुरी रंगशालामा हुने यो खेल नेपाली समयअनुसार ६ः४५ बजे हुनेछ । प्रतियोगिताको निम्ति मुख्य प्रशिक्षक विक्रम महर्जनको नेतृत्वमा टोली पुस २५ गते थाइल्यान्ड प्रस्थान गरेको थियो । 

प्रतियोगितामा नेपालसँगै भारत, भुटान, माल्दिभ्स, पाकिस्तान, बंगलादेश र श्रीलंका गरी साफका सातवटै राष्ट्रको सहभागिता रहनेछ । 

‘सिंगल राउन्ड रोबिन’ प्रणालीअनुसार हुने यो प्रतियोगिताको शीर्ष टोलीले उपाधि उचाल्नेछ ।

प्रकाशित मिति: मंगलबार, पुस २९, २०८२  १२:२३
प्रतिक्रिया दिनुहोस्