T10 T10

राष्ट्रपति रनिङ शिल्डमा भोताङदेवीलाई दुई स्वर्ण

शुक्रबार, पुस २५, २०८२
Global

मेलम्ची :विद्यालय स्तरिय छैठौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा थाङपालधाप माबि र थाङपाल भ्याली माबिले ३/३ पदक हात पारेका छन् ।

सिन्धुपाल्चोकको पाँचपोखरीमा शुक्रवारबाट सुरु भएको पहिलो दिनको खेलमा दुबै बिद्यालयले ३÷३ पदक हात पारेका हुन् । दुबै बिद्यालयकले एक स्वर्ण,एक रजत र एक काश्य पदक हात पारेका हुन् । भोताङदेवी माविले दुई ओटा पदक हात पारेको छ ।

उसले दुबै स्वर्णपदक  पाएको हो । लाङार्चे माबिले २ काश्य हात पार्दा क्षेत्र पालेश्वरी माबि र भोटेनाम्लाङ माबिले समान एक/एक पदक प्राप्त गरेको खेलकुद बिकास समिति पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष ग्याल्बो साम्देनले जानकारी दिए । 
 

प्रकाशित मिति: शुक्रबार, पुस २५, २०८२  १९:२१
प्रतिक्रिया दिनुहोस्