सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं :२२औं संस्करणको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड आज पोखरामा आयोजना हुँदैछ । काठमाडौं बाहिर पहिलो पटक हुन लागेको यस कार्यक्रममार्फत नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले १० विधामा अवार्ड वितरण गर्नेछ ।
भदौ २९ मा तय कार्यक्रम जेनजी आन्दोलनका कारण स्थगित भएपछि आज आयोजना हुन लागेको हो । अवार्डमा २०८१ सालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा देखाएको प्रदर्शनका आधारमा खेलकर्मीहरू सम्मानित हुनेछन् ।
कार्यक्रमको सबैभन्दा आकर्षक विधा पिपल्स च्वाइस अवार्ड हो, जहाँ भोटिङका आधारमा विजेता छनोट हुनेछ । यस विधामा उसुका विजय सिन्जाली, क्रिकेटकी पूजा महतो, भलिबलका हिमाल सुनारी, फुटबलकी रेखा पौडेल र टेबलटेनिसकी इभाना थापा मनोनित छन् ।
वर्ष उत्कृष्ट खेलाडी पुरुषतर्फ दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, विजय सिन्जाली, स्यान्टु श्रेष्ठ र जनक चन्द मनोनयनमा छन् भने महिलातर्फ एरिका गुरुङ, रेखा पौडेल, एलिसा रास्कोटी मगर, मानमति बिष्ट र सलिना श्रेष्ठ प्रतिस्पर्धामा छन् ।
युवा खेलाडीमा अजय विक, अञ्जली महर्जन, पूजा महतो, स्वस्तिका र समीर तामाङ मनोनित भएका छन् । प्रशिक्षकतर्फ कविराज नेगी लामा, कुशल श्रेष्ठ, दीपक महर्जन, महेश रिजाल र लक्ष्मीनारायण वैद्य छन् ।
पिपल्स च्वाइससहित पाँच मुख्य विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिनेछ । अन्य विधामा पारा एथलिट, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट, एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड र टिम अफ द इयर समावेश छन्, जसका विजेताले जनही एक लाख रुपैयाँ प्राप्त गर्नेछन् ।