T10 T10

अभिषेक शाह बने चेस च्याम्पियन

आइतबार, पुस २०, २०८२
Global

भक्तपुर :आफ्नो ३२ औं स्थापना दिवसको अवसर पारेर आयोजना गरेको सिद्धि गणेश रापिड बुद्धिचाल प्रतियोगितामा युवा अभिक शाह च्याम्पियन बन्न सफल भएका छन्।
शनिबार सम्पन्न प्रतिस्पर्धामा एआइएम अभिक शाहले स्वीस ८ खेल जितेर नगद १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । 
दुई दिन सञ्चालन भएको खेलमा रौतहटका सुमन लामा साढे ७ अंकका साथ दोश्रो स्थान प्राप्त गर्दै नगद ७ हजार, द्वितीय ट्रफी, मेडल र प्रमाणपत्र हात पारे।
तृतीय स्थानको ट्रफी, मेडल, नगदका लागि ६ जना खेलाडी बिच कडा प्रतिस्पर्धा हुन पुगेको थियो। समान ७ अंक भए पनि टाइब्रेकरमा दोलखाका राजीव कार्कीले बाजी मार्दै तेस्रो बनेका छन्।
समान ७ अंक जोडेर काभ्रेका शैलेन्द्र न्यौपाने चौथो, काठमाडौका सिएमए भगवती प्रसाद शर्मा पाँचौ, लमजुङका सविनचन्द्र घिमिरे छैटौं, श्रमजीवी साकोस भक्तपुरका बिक्रम जति सातौं र सप्तरीका नविनकुमार चौधरी आठौं भए । 
त्यस्तै साढे ६ अंक जोडेर नवलपुरका सुजन काफ्ले नवौं र पूर्व नेपाल सिएम च्याम्पियन केशव श्रेष्ठ दशौं स्थानमा रहे ।
दुई हजार रेटिङ मुनिका खेलाडी सहभागी गराएको प्रतियोगितामा विधागत उत्कृष्ट हुनेहरुमा गणेशमान दुवाल स्थानीय, पुर्व नेपाल च्याम्पियन नवीन तण्डुकार भेट्रान, यशस्वी शर्मा महिला, प्रत्युस श्रेष्ठ यु-१६ र अनरेटेडमा महोत्तरीका शिवेश कुमार शाह उत्कृष्ट भए । 
यसैगरी उत्कृष्ट रेटिङ्ग समुहमा १९०० मुनि ताप्लेजुङका हर्क बहादुर चोङ्बाङ, १८०० मुनि ललितपुरका सोम आले र १७०० मुनि दमक झापाका हिमाल तामाङ उत्कृष्ट बन्दै नगद पुरस्कार हात पारे ।
संयोजक बिष्णु राम दुमरुको सभापतित्वमा एक कार्यक्रम बीच प्रमुख अतिथि भनपा ७ वडाध्यक्ष उकेश कवां, सिद्धिगणेश साकोसका अध्यक्ष रुद्रनारायण लाखा, तिन पटकका नेपाल च्याम्पियन बद्रीलाल नेपाली लगायतले विजेतालाई पुरस्कार वितरण गरे ।

प्रकाशित मिति: आइतबार, पुस २०, २०८२  ११:५७
प्रतिक्रिया दिनुहोस्