T10 T10

माघ १ गतेदेखि लमजुङ पाँचौं राइनास कप खुल्ला फुटबल प्रतियोगिता

शुक्रबार, पुस १८, २०८२

लमजुङ :लमजुङको राइनास नगरपालिका ६, धमिलिकुवा स्थित गौलिटार क्षेत्रीय खेल मैदानमा माघ १ गतेदेखि पाँचौं राइनास कप खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ। प्रतियोगिता “राष्ट्रका लागि युवा, युवाका लागि खेलकुद” भन्ने मूल नाराका साथ आयोजना हुँदैछ।

प्रतियोगिता राइनास नगरपालिकाको आर्थिक सहयोग र गौलिटार क्षेत्रीय खेलमैदान समितिको आयोजनामा हुन लागेको हो। प्रतियोगितामा कम्तीमा १२ टोलीको सहभागिता रहने आयोजकले बताएका छन्।

पुरस्कार राशि

प्रथम पुरस्कार: नगद रु ५ लाख, कप, मेडल र प्रमाणपत्र। (गत वर्ष रु ३ लाख)

द्वितीय पुरस्कार: नगद रु २ लाख ५० हजार, मेडल र प्रमाणपत्र। (गत वर्ष रु १ लाख ५० हजार)

सेमिफाइनल टिम: अघिल्ला संस्करणमा रु ४०–४० हजार, यस वर्ष कटौती गरिएको।

व्यक्तिगत पुरस्कार: उत्कृष्ट गोलकिपर, सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई रु १५–१५ हजार र प्रमाणपत्र।

म्यान अफ द म्याच: प्रत्येक खेलमा रु २ हजार नगदसहित सम्मान।

प्रतियोगिताको संचालनका लागि राइनास नगरपालिकाले हरेक वर्ष रु ८ लाख सहयोग गर्दै आएको छ। यस वर्ष थप सहयोग प्राप्त हुने विश्वास आयोजकले लिएको छ। विभिन्न संघसंस्था, स्थानीय तथा देश–विदेशमा रहेका व्यक्तिहरूबाट पनि सहयोग प्राप्त भएको अध्यक्ष टेकेन्द्रनाथ चिलुवालले जानकारी दिए।

प्रतियोगितामा सहभागिता जनाउन इच्छुक टिमहरूले पुस २५ गतेसम्म दर्ता गर्न सक्नेछन्। दर्ता शुल्क रु १५ हजार तोकिएको छ। प्रतियोगिता जिल्लाका प्रतिभालाई प्रष्ट पार्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउने मञ्चको रूपमा स्थापित गर्न आयोजना गरिएको अध्यक्ष चिलुवालले बताए।

प्रकाशित मिति: शुक्रबार, पुस १८, २०८२  १७:४३
प्रतिक्रिया दिनुहोस्