सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
वेशीशहर :लमजुङ मस्र्याङ्दी त्रिवेणी कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
लमजुङको बेशीसहरस्थित त्रिवेणी रंगशालामा आज भएको खेलमा आयोजक त्रिवेणी युथ क्लबलाई टाइब्रेकरमा ५–३ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो । मस्र्याङ्दीकालागि अरोन थापा, अविनाश स्याङ्तान, निङ्मा घिसिङ, ओलाओले अफिज र एलरले गोल गरे। त्रिवेणीका युवराज ढकाल, प्रताप राई र सुजित बुढाथोकीले गोल गर्दा मिलन राईले गोल गर्न सकेनन् ।
मस्र्याङ्दीले अब फाइनलमा पुग्न साबिक विजेता एपीएफ क्बलसँग प्रतिस्पर्धा गर्नेछ ।
आजै भएको खेलमा एपीएफले डाराई समाजलाई टाइब्रेकरमा ५–४ ले पराजित गदै सेमिफाइनलमा पुगेको छ ।