T10 T10

टेनिस खेलाडी शिभाली गुरुङको बिदाइ

शुक्रबार, पुस १८, २०८२

काठमाडौँ :युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहताले एसिया प्यासिफिक एलिट यू–१४ ट्रफीमा सहभागी हुन लागेकी टेनिस खेलाडी शिभाली गुरुङलाई बिदाइ गरेका छन्।

अस्ट्रेलियाको मेलबर्नमा आगामी जनवरी २८ देखि ३० तारिखसम्म आयोजना हुने प्रतियोगितामा सहभागी हुनुअघि शिभाली गुरुङ तयारीका लागि मलेसिया जाने कार्यक्रम रहेको छ।

बिदाइ कार्यक्रममा राखेप कार्यकारी समितिका सदस्य भानबहादुर चन्द, राखेपका सदस्यहरू हिमालकुमार श्रेष्ठ र जगतसिंह धामी तथा टेनिस संघका अध्यक्ष मनोहरदास मुलल लगायतको उपस्थिति रहेको थियो।

 

प्रकाशित मिति: शुक्रबार, पुस १८, २०८२  १६:४८
प्रतिक्रिया दिनुहोस्