T10 T10

यू–१९ महिला च्याम्पियनसिप :प्रारम्भिक टोली घोषणा

शुक्रबार, पुस १८, २०८२
Global

काठमाडौँ :अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यू–१९ महिला च्याम्पियनसिपका लागि राष्ट्रिय टोलीको प्रारम्भिक खेलाडीको सूची सार्वजनिक गरेको छ ।

प्रारम्भिक सूचीमा अलिजाकुमारी विक, अमिता रानामगर, आशिका कार्की, अस्मिता मगर, आयुषा गुरुङ, वर्षा वली, भूमिका बुढाथोकी, बिनु कुँवर, दीक्षा रायमाझी, जेसिका लामा, कृपा दाहाल, मनीषा श्रेष्ठ, मञ्जु माया दोङ, निशा भट्टराई, प्रजिता राई, पूजा गिरी, रविना बराम, सबनाम राई, सहारा लिम्बू, संगिता अधिकारी, सरिना रसाइली, सृजना बडुवाल, सुस्मिता केसी, उषा गुरुङलगायत खेलाडी समावेश छन् । छनोटपछि तयार हुने अन्तिम टोलीले घरेलु मैदान पोखरामा हुने साफ यू–१९ महिला च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्नेछ ।

प्रतियोगिता आगामी जनवरी ३१ देखि फेब्रुअरी ७ सम्म पोखरामा आयोजना हुँदैछ । एन्फाले प्रारम्भिक सूचीमा परेका खेलाडीलाई आइतबार दिउँसो १ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा उपस्थित हुन आग्रह गरेको छ ।

छनोट खेलपछि अन्तिम टोली घोषणा हुने मुख्य प्रशिक्षक सुमन श्रेष्ठले जनाएका छन् ।

605673210_1183961453896338_459543319703066770_n-1767344971.jpg


 

प्रकाशित मिति: शुक्रबार, पुस १८, २०८२  १४:५५
प्रतिक्रिया दिनुहोस्