सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :अखिल नेपाल फुटबल संघ (एन्फा) को चुनावी साधारणसभा आगामी माघको अन्तिम साता झापामा हुने भएको छ।
सातदोबाटोस्थित एन्फा मुख्यालयमा बुधबार बसेको कार्यसमिति बैठकले माघ २८ गते चुनावी साधारणसभा गर्ने निर्णय गरेको हो। बैठक एन्फा अध्यक्ष पङ्कज बिक्रम नेम्वाङको अध्यक्षतामा सम्पन्न भएको थियो।
बैठकले एन्फा कार्यसमितिको चार वर्षे कार्यकाल असार ४ गते सकिनुअघि नै निर्वाचन गर्ने निर्णय गर्दै कार्यकाल छोट्याउने प्रस्ताव पारित गरेको छ।
त्यसैगरी, आर्थिक वर्ष २०८२/८३ को लेखा परीक्षणका लागि लेखापरीक्षण तथा अनुपालक समितिको सिफारिसअनुसार सुबोध एसोसियट्सलाई लेखापरीक्षक नियुक्त गर्ने निर्णय पनि बैठकले गरेको एन्फाले जनाएको छ।