T10 T10

बङ्गगलादेशकाे लिग खेल्न उडे पुजा र समीक्षा

सोमबार, पुस १४, २०८२

काठमाडौं:नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी डिफेन्डरद्वय समीक्षा घिमिरे र पूजा राणा बंगलादेश महिला फुटबल लिगमा सहभागिता जनाउन आइतबार ढाका प्रस्थान गरेका छन्।
दुवै खेलाडीले बंगलादेशको फरासगन्ज स्पोर्टिङ क्लबबाट लिग खेल्नेछन्। उनीहरू यसअघि नेपाल पुलिस क्लबबाट घरेलु प्रतियोगितामा नियमित रूपमा मैदान उत्रिँदै आएका थिए।
११ टोली सहभागी रहेको बंगलादेश महिला फुटबल लिग सोमबारदेखि सुरु हुँदै ३० जनवरी सम्म सञ्चालन हुनेछ। फरासगन्ज स्पोर्टिङ क्लबले आफ्नो पहिलो खेल मंगलबार ढाका रेन्जर्स एफसीसँग खेल्ने तालिका रहेको छ।
नेपाली खेलाडीको विदेशी लिगमा सहभागिताले व्यक्तिगत करियरसँगै नेपाली महिला फुटबलको अन्तर्राष्ट्रिय पहिचानलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: सोमबार, पुस १४, २०८२  ०७:१८
प्रतिक्रिया दिनुहोस्