T10 T10

जगत टमाटा राखेप सदस्यमा मनोनित

शुक्रबार, पुस ११, २०८२
Global

काठमाडौँ : नेपाली क्रिकेटका वरिष्ठ प्रशिक्षक जगत टमाटालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यमा मनोनित गरिएको छ।

युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले उनलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् । टमाटाले नेपाली क्रिकेटमा चार दशकभन्दा लामो समय खेलाडी र प्रशिक्षकको रुपमा सेवा गरेका छन्।

उनको प्रशिक्षणमा नेपालले सन् २०११ र २०१६ मा यु–१९ विश्वकप खेलेको थियो भने १९ वर्षमुनिको टोलीले २०२४ मा आइसिसी एकदिवसीय विश्वकप खेल्दा उनी प्रशिक्षक नै थिए।पछिल्ला वर्षमा टमाटा नेपाल प्रिमियर लिग र एभरेस्ट प्रिमियर लिगका टोलीहरू प्रशिक्षण गर्दै उत्कृष्ट उपलब्धि हासिल गरिसकेका छन् ।

एथ्लेटिक्सका शान्तकुमार महता, तेक्वान्दोका कुमार लामा घिसिङ, रोजेश खड्का र प्रयास कार्कीलाई पनि चार वर्षका लागि राखेप सदस्यमा नियुक्त गरिएको छ।

प्रकाशित मिति: शुक्रबार, पुस ११, २०८२  १९:४३
प्रतिक्रिया दिनुहोस्