सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :एन्फा यु–१६ युथ लिग फुटबलमा नेपाल पुलिस क्लबले हिमालयन शेर्पामाथि फराकिलो जित निकालेको छ ।
सातदाबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा भएको खेलमा पुलिसले शेर्पा विरुद्ध ७–० गोलको फराकिलो जित निकालेको हो । पुलिसको जितमा अभिषेक कुमार श्रेष्ठ र समीर कुमारले ह्याट्रिक गोल गर्दा दीप्सन पाण्डले एक गोल गरे ।
आजै भएको दोस्रो खेलमा फ्रेन्ड्स क्लबले सातदोबाटो युवा क्लबलाई ९–१ गोलले पाखा लगाएको छ । फ्रेन्ड्सको जितमा पूरण श्रेष्ठ र पर्वत विसीले गोल गरे ।
सूजन विक, रिषभ पुन र सदानन्द मास्की मगरले पनि गोल गरे । सातदोबाटोका लागि आर्यन भत्तले गोल सान्त्वना गोल फर्काए ।