सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :एन्फा यु–१६ युथ लिगअन्तर्गत प्लानिङ ब्वाइज युनाइटेडले श्री भगवती क्लबलाई ४–१ ले पराजित गर्दै प्रभावशाली जित दर्ता गरेको छ।
बिहीबार भएको खेलमा ओम खड्काले दुई गोल गर्दै प्लानिङको जितमा मुख्य भूमिका खेले। प्रशान्त तामाङ र प्रकाश बुढाथोकीले एक–एक गोल थपे। खेलको अन्त्यतिर अनिल गुरुङले गरेको गोल भगवतीका लागि केवल सान्त्वना बन्यो।
यो जितसँगै प्लानिङले लिगमा चौथो सफलता हात पार्दै २५ खेलबाट १४ अंक बनाएको छ। समान खेलमा ३० अंकसहित श्री भगवती आठौं स्थानमा कायम छ।