पारा एसियन युथमा कास्य जित्ने तामाङलाई सम्मान

मंगलबार, पुस ८, २०८२

काठमाडौँ :राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहताले पाँचौँ एसियाली युथ पारा खेलकुद अन्तर्गत तेक्वान्दोमा कास्य पदक जितेकी खेलाडी रेनु तामाङ र उनका प्रशिक्षक कविराज नेगी लामालाई बधाई दिएका छन् । 


सदस्य–सचिव मेहताले त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा दुवैलाई भेट गरी बधाई दिँदै आगामी दिनमा अझ बढी सफलता प्राप्त गर्न शुभकामना व्यक्त गरे । 

डिसेम्बर ७ देखि १४ तारिखसम्म सम्पन्न एसियन युथ पारा गेम्समा के–४४ क्याटेगोरी अन्तर्गत महिला ४७ केजीमुनि तौलसमूहमा रेनु तामाङले दुबईमा कास्य पदक जितेकी थिईन् ।

सो अवसरमा राखेप कार्यकारी समितिका सदस्य भानबहादुर चन्द, राखेपकी सदस्य नन्दा बस्याललगायतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: मंगलबार, पुस ८, २०८२  १६:५८
प्रतिक्रिया दिनुहोस्