सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
ललितपुर:नेपालमा पहिलो पटक दृष्टिविहिन चेस खेलाडीहरुको लागि "पभिलियन दृष्टिविहिन चेस प्रतियोगिता २०८२" शुक्रबार देखि ललितपुरमा शुरु भएको छ। दुई दिन सञ्चालन हुने दृष्टिविहिन चेस प्रतियोगिता नेपाल त्रिविसा संस्था र पभिलियन चेस एकेडेमीले संयुक्त रुपमा आयोजना गरेको हो। दृष्टिविहिन चेस प्रतियोगिता पूर्व नेपालका लागि जर्मन राजदुत महामहिम युडो भल्स र नेपाल चेस महासंघका अध्यक्ष हेराकाजी महर्जनले संयुक्त रुपमा उद्घाटन गरेका छन् । राष्ट्रिय सहकारी महासंघ, हरिहरभवनको सभाहलमा शुरु भएको चेस प्रतिस्पर्धामा ल्यावोरेटरी स्कूल (किर्तिपुर), नमुना मछिन्द्र उच्च मा.वि.(लगनखेल), सञ्जीवनी उच्च मा.वि. (धुलिखेल), पृथ्वी नारायण उच्च मा.वि.(तारकेश्वर), आदर्श सेकेण्डरी स्कुल (सानो ठिमी) र अपाङ्ग सेवा संघ (बुङ्ममति)को सहभागिता रहेको छ । स्विस लिग प्रणाली अन्तर्गत ६ चरणको चेस प्रतिस्पर्धामा ४९ जना विद्यार्थी खेलाडीहरू आफ्नो औंलाको स्पर्शले काठको वोर्डमा छोएर चाल चल्ने छन्। कार्यक्रममा जर्मन राजदुतले दृष्टिविहिन बालबालिकाका लागि स्मरण शक्ति वृद्धि गर्ने, धैर्यवान बनाउने, मानसिक स्थिरता कायम राख्ने तथा विषय केन्द्रित सोच विकास गराउन अत्यन्त प्रभावकारी गर्ने बताए। पभेलियन चेस एकेडेमीले सयौं बालबालिकालाई चेस प्रशिक्षण दिँदै जुनियर राष्ट्रिय च्याम्पियन खेलाडी उत्पादन गरिरहेको महासंघका अध्यक्ष हेराकाजी महर्जनले जानकारी गराएका छन्। गैर नाफामूलक नेपाल त्रिविसा संस्थाले अपाङ्ग, सडक बालबालिका, कमजोर विद्यार्थी, अनाथालय, गुम्बा तथा विभिन्न संस्था र समुदायमा सामाजिक कार्य गर्नुका साथै बुद्धिचालको पहुँच विस्तारमा सक्रिय रहँदै आएको सञ्चालन रमिला पोखरेलले बताए। शुक्रबार २ चरणको खेल सम्पन्न भएको छ भने वाकी ४ चरणको खेल शनिबार समाप्त हुनेछ। सो पश्चात प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रम ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलको प्रमुख आतिथ्यतामा ४ बजे हुने सुशील चौधरीले जानकारी गराएका छन्।