तुल्सीलाल चेसमा तिन टोलीको उपाधि दाबि

मंगलबार, मंसिर २३, २०८२

ललितपुर:ललितपुरमा जारी ८ औं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको चौथो चरण सकिएको छ। प्रतिस्पर्धामा अहिले महालक्ष्मी नगरपालिका, ललितपुर महानगरपालिका र दोलखा बुद्धिचाल संघ शीर्ष स्थानमा रहेर उपाधि दाबी गर्दैछन्।

चार चरणको खेल पछि यी तीनै टोलीले समान ३ जीत र १ बराबरीसहित ७ अंक जोडेका छन्।

महालक्ष्मी नगरपालिकाले तेस्रो चरणमा कुमारी पाटी चेस क्लबलाई ४-० ले पाखा दिएको थियो। सुरोज महर्जन, शैलेन्द्र न्यौपाने, क्षितिज भण्डारी र अशोक मोहन श्रेष्ठले उत्कृष्ट प्रदर्शन देखाए। चौथो चरणमा ललितपुर महानगरपालिकासँग २-२ बराबरी खेलेका थिए।

अर्को शीर्ष टोली ललितपुर महानगरपालिका पनि प्रतियोगितामा दमदार प्रदर्शन गर्दै आएको छ। महालक्ष्मी नगरपालिकासँगको खेल बराबरी रह्यो भने, थापाथली चेस पार्कमाथि ३.५-०.५ को स्पष्ट जित निकाल्दै आफ्नो दाबी अझ सुदृढ बनाएका छन्।

दोलखा बुद्धिचाल संघले पनि उत्कृष्ट प्रदर्शन जारी राखेको छ। तेस्रो चरणमा दोलखा चेस होममाथि २.५-१.५ को जित, र चौथो चरणमा थापाथली चेस पार्कसँग २-२ बराबरी खेल्दै शीर्षस्थानमा रहेका छन्।

प्रतियोगितामा कोशी प्रदेश बुद्धिचाल संघ र दोलखा चेस होम्स् समान ६ अंक जोडेर चौथो र पाँचौं स्थानमा छन्। थापाथली चेस पार्क र सुदुरपश्चिम चेस संघ समान ५ अंकसहित पछि लागेका छन्।

प्रतियोगिताको मुख्य आकर्षण, विजयी टिमहरूले ५ लाख १० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। प्रतियोगिता २५ गतेसम्म, सात चरणको लिग खेलपछि विजयी टिम घोषणा गरिनेछ।

खेल सुरु गर्दा स्थानीय खेलप्रेमी सम्झना ल्याबोरोटोरीका प्रमुख उर्दीप जोशीले सेतो गोटी चालेर उद्घाटन गरेका थिए।

प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०८२  १९:३१
प्रतिक्रिया दिनुहोस्