सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :दोस्रो टङ्ग्राम अन्तर्राष्ट्रिय अन्तरविद्यालय बुद्धिचाल प्रतियोगितामा रत्नराज्यलक्ष्मी विद्यालयका अंकित पौडेल उत्कृष्ट प्रदर्शन गर्दै अग्रस्थानमा पुगेका छन् ।
युवा १७ वर्ष समूहतर्फ अंकितले लगातार सबै खेल जित्दै ६ अंकसहित एकल अग्रता कायम राखेका छन्। बुढानिलकण्ठस्थित विद्यालय परिसरमा जारी प्रतिस्पर्धामा हिमालयन चेस एकेडेमीका आशिर्वाद थापा ५.५ अंक जोडेर दोस्रो स्थानमा छन्। त्यस्तै ५–५ अंकसहित संयुक्त तेस्रो स्थानमा रहेका खेलाडीहरूमा हर्षवर्धन राठी, रिदिप सिम्खडा, सन्देश बरुवाल, सूर्यांशु कोइराला, सबिद प्रजापति, सुभनदिप थापा र अनमोल राई रहेका छन् । युवा १३ वर्ष समूहमा सूर्योदय सेकेण्डरी बोर्डिङ स्कूलका अग्रिम सैँजु, ग्लोबल एजुकेशन एकेडेमी दमकका श्रीयांश चौलागाईं, भारतका बग्रि कुशल र पुष्पसदन स्कूलका हार्दिक पन्तले समान ५ अंक जोड्दै संयुक्त अग्रस्थान ओगटेका छन्।
युवा १० वर्षमुनि समूहमा भारतीय हेजलउड स्कूलका मानस र नेपाली बालविकास इङ्गलिस स्कूलका हृदय बस्नेत ५–५ अंकसहित संयुक्त पहिलो स्थानमा छन्। लाबोरेटोरी सेकेन्डरी स्कूलका अंकित पोखरेल ४.५ अंकसहित दोस्रो स्थानमा छन्। त्यसैगरी अक्षांश घिमिरेसहित १० खेलाडीले ४–४ अंक जोड्दै संयुक्त तेस्रो स्थान बनाएका छन्।
युवा १७ वर्ष छात्रा समूहमा नेपालकी सनम श्रेष्ठ र श्रेषा दुवाल ४.५–४.५ अंकसहित संयुक्त अग्रस्थानमा छन्। प्रज्ञा पन्त र जोत्सना महर्जन ४ अंकसहित दोस्रो स्थानमा छन्।
युवा १३ वर्ष छात्रा समूहमा मार्भलस स्कूलकी निहाना श्रेष्ठले ५ अंक जोड्दै एकल अग्रता लिइन् भने सुहानी सिंह ४.५ अंकसहित दोस्रो स्थानमा छन्। ग्लोबल एजुकेशन एकेडेमी दमककी प्रविशा दवाडीसहित अन्य ६ खेलाडी ४–४ अंकमा संयुक्त तेस्रो स्थानमा छन्।
टङ्ग्राम इन्टरनेशनल एकेडेमीद्वारा आयोजित प्रतियोगितामा जम्मा ५०४ विद्यार्थी खेलाडी सहभागी छन् । प्रतियोगिताका ६ विधाका विजेतालाई अन्तिम दिन मंसिर १९ गते शुक्रबार ३ लाख रुपैयाँ बराबरको नगद पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ।