ट्रङ्ग्राम स्कूल चेसमा भारतीय खेलाडी अगाडि

बुधबार, मंसिर १७, २०८२

काठमाडौं :ट्रङ्ग्राम इन्टरनेशनल एकेडेमीले आयोजना गरेको दोस्रो टिआइए अन्तर–स्कूल चेस च्याम्पियनसिपमा भारतकी एआईएम दिपञ्जली श्रीवास्तवले युवा १० वर्ष छात्रा तर्फ पूर्ण ३ अंक सहित अग्रता लिएकी छन्।

उनीसँगै नेपाली खेलाडी अग्रता आचार्य, शुभश्री श्रेष्ठ र सरमिना श्रेष्ठ संयुक्त लिडमा छन्।

युवा १३ वर्ष छात्रातर्फ ११ खेलाडी संयुक्त अग्रतामा छन्, जसमा उज्जीभनी कँडेल, आरिभ रावल, सोनालिका सराफ र निहाना श्रेष्ठ प्रमुख छन्।

युवा १७ वर्ष छात्रातर्फ प्रतिमा बाँस्कोटा, श्रेषा दुवाल, एञ्जल महर्जन, विनायक गौतम र सन् श्रेष्ठ शीर्षस्थानमा छन्।

छात्रातर्फ १० वर्ष उमेर समूहमा स्वर्णिम बम, अभय लामिछाने र भारतका मानस अगाडि छन्।
१३ वर्षमा श्रृयष चौलागाईं, अग्रिम सैंजु र हार्दिक पन्त लिडमा छन्।
१७ वर्षमाथि छात्र समूहमा रशेष महर्जन, आशिष गुप्ता र आयुष सिंह शीर्षस्थानमा छन्।

तीन दिनसम्म बुढानिलकण्ठस्थित स्टार होटल रोयल आस्टोरियामा जारी प्रतियोगितामा ५५० विद्यार्थी प्रतिस्पर्धामा छन्। हरेक विधाका प्रथम, द्वितीय र तृतीयले क्रमशः रु २५,०००, १५,००० र १०,०००, साथै शिल्ड, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन्।

प्रतियोगिताको कुल पुरस्कार राशि रु ३ लाख रहेको छ।

प्रकाशित मिति: बुधबार, मंसिर १७, २०८२  २१:२२
प्रतिक्रिया दिनुहोस्