सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :जिम्न्याष्टिक खेलकी वरिष्ठ प्रशिक्षक नीरु दर्शनधारीको निधन भएको छ ।
२०५२ भदौदेखि राष्ट्रिय खेलकुद परिषदमा जिम्न्याष्टिक प्रशिक्षकका रूपमा कार्यरत रहँदै आएकी दर्शनधारीको निधन भएको राष्ट्रिय खेलकुद परिषद् राखेपले जनाएको छ । राखेपले औपचारिक श्रद्धाञ्जली अर्पण गरेको छ । परिषद् परिसरमा आयोजित विशेष कार्यक्रममार्फत राखेपका कार्यकारी समिति सदस्य कमल बहादुर भट्टराईले दर्शनधारीको पार्थिव शरीरमा परिषद्को झण्डा ओढाई राष्ट्रिय सम्मान प्रकट गरेका थिए।
कार्यक्रममा उपस्थित प्रशिक्षक, खेलाडी तथा कर्मचारीहरूले स्वर्गीय दर्शनधारीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै नेपाली जिम्न्याष्टिक खेलको विकासमा उहाँले गरेको महत्वपूर्ण योगदान स्मरण गरे ।
दर्शनधारी दीर्घ अनुभव, अनुशासित प्रशिक्षण शैली र खेलाडीप्रति समर्पणका कारण उहाँलाई जिम्न्याष्टिक समुदायमा सम्मानित व्यक्तित्वका रूपमा हेरिन्थ्यो ।
उनको परिवारमा श्रीमान् मात्र रहेको परिषद्ले जनाएको छ ।