सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :पल्सर स्पोट्र्स अवार्डअन्तर्गत पिपल्स च्वाइस अवार्डका लागि मनोनयन सार्वजनिक गरिएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले आज सार्वजनिक गरेको मनोनयनमा क्रिकेटकी पूजा महतो, फुटबलकी रेखा पौडेल, टेबलटेनिसकी इभाना थापा, उसु खेलाडी विजय सिन्जाली र भलिबल खेलाडी हिमाल सुनारी परेका छन् ।
भोटिङका लागि मञ्चले खल्ती आईएमईसँग सम्झौता गरेको छ । विजेता ५० प्रतिशत भोटिङ, २५ प्रतिशत सामाजिक सञ्जाल, १२.५ प्रतिशत राष्ट्रिय प्रशिक्षक र १२.५ प्रतिशत खेल पत्रकारको मतका आधारमा चयन गरिनेछ । विजेताले पल्सर मोटरसाइकल पाउनेछन् ।
यस संस्करणमा कुल १० विधामा अवार्ड वितरण गरिनेछ । जसमा वर्ष खेलाडी (पुरुष र महिला), युवा वर्ष खेलाडी, प्रशिक्षक, पिपल्स च्वाइस, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट, टिम अफ द इयर र एसियन स्पोट्र्स जर्नालिस्ट अवार्ड समावेश छन् ।
पिपल्स च्वाइसबाहेक अन्य विधाका विजेता तथा सम्मानित व्यक्तिलाई जनही १ लाख रुपैयाँ प्रदान गरिनेछ । यस वर्षको अवार्ड कार्यक्रम पहिलोपटक उपत्यकाबाहिर पोखरामा भदौ २९ गते आयोजना हुँदैछ ।