hERO hERO

रविन्द्र ढाँटलाई सरकारले दिने भयो ५ लाख

बुधबार, साउन २८, २०८२

काठमाडौं :प्रधानमन्त्री केपी शर्मा ओलीले म्याट्रिक्स फाइट नाइट (एमएफएन) १७ को उपाधि विजेता रविन्द्र ढाँटलाई सरकारले पाँच लाख रुपैयाँ प्रोत्साहनस्वरूप दिने घोषणा गरेका छन्।

आज बिहान सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ढाँटलाई ५ लाख र उनका प्रशिक्षकलाई २ लाख रुपैयाँ दिने निर्णय गरेको जानकारी दिएका हुन्।

ढाँटले भारतको नोएडामा सम्पन्न बान्टमवेट च्याम्पियनसिप फाइनलमा टाइटल होल्डर चोंगरेंग कोरेनलाई तेस्रो राउन्डमा नकआउट गर्दै एमएफएन बेल्ट जितेका थिए। यो पहिलो पटक नेपालको नाममा आएको उपाधि हो।

 

प्रकाशित मिति: बुधबार, साउन २८, २०८२  ०८:०५
प्रतिक्रिया दिनुहोस्