सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :राष्ट्रपति रामचन्द्र पौडेलले ‘म्याट्रिक्स फाइटर नाइट’ को उपाधि जितेका एमएमए फाइटर रविन्द्र ढाँटलाई विशेष सम्मान गरेका छन् ।
भारतमा सम्पन्न प्रतियोगितामा ऐतिहासिक जीत हासिल गरेका ढाँटलाई बधाई दिँदै राष्ट्रपति पौडेलले “रविन्द्रको यो सफलता सिंगो राष्ट्रको गौरव हो।“भनेका थिए ।
राष्ट्रपति भवन शीतल निवासमा भएको सम्मान समारोहमा राष्ट्रपति पौडेलले खेलले व्यक्ति र राष्ट्र दुवैको समग्र विकासमा योगदान पुर्याउने भन्दै सरकार, संघसंस्था र सरोकार निकायलाई अझ सक्रिय र प्रभावकारी रूपमा काम गर्न विश्वास व्यक्त गरे ।
‘बझाङको बाघ’ भनेर चिनिने रविन्द्रले अन्तर्राष्ट्रिय रंगमञ्चमा नेपालको प्रतिनिधित्व गर्दै असाधारण प्रदर्शन गरेका थिए ।