सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :नेपालमै पहिलोपटक स्थापना गरिएको खेलकुद विज्ञान अनुसन्धान केन्द्रबाट हालसम्म ५० खेलाडीले परीक्षण सेवा प्राप्त गरेका छन्।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा स्थापना गरिएको उक्त केन्द्रले खेलाडीको समग्र शारीरिक तथा मानसिक क्षमता परीक्षण गरी प्रशिक्षणलाई अझ प्रभावकारी बनाउने उद्देश्य राखेको छ।
मिसन–२०२६ अन्तर्गत राष्ट्रिय टिम तयारी प्रशिक्षणमा रहेका उसु, कराते, बक्सिङ, कुस्ती, तेक्वान्दो र जुडो खेलका खेलाडीको परीक्षण गरिएको हो। एक सातापछि अन्य खेलका खेलाडीको परीक्षण सम्पन्न हुने राखेपले जनाएको छ।
परीक्षणमा बायोमेकानिक्स, कार्डियो भास्कुलर इन्डुरेन्स, मसल्स पावर, आईसोमेट्रिक स्ट्रेन्थ, शरीरको पोस्टर, चालको अवस्था, थकानको मापन, लेक्टिक एसिड टेस्ट, दौड्ने क्षमता, निर्णय गर्ने क्षमता लगायतका पक्ष समेटिएका छन्।
राखेपका अनुसार अत्याधुनिक प्रविधिमार्फत हुने परीक्षण र अनुसन्धानले खेलाडीको दक्षता अभिवृद्धिमा टेवा पुग्नेछ।