hERO hERO

पब्जी मोबाइल विश्वकपमा नेपाली टिम होरालाई डेढ करोड पुरस्कार

सोमबार, साउन १९, २०८२

काठमाडौं :साउदी अरेबियामा जारी इस्पोर्ट्स विश्वकप अन्तर्गतको पब्जी मोबाइल विश्वकप २०२५ मा सहभागी नेपाली टिम होरा ईस्पोर्ट्सले करिब १ करोड ७८ लाख रुपैयाँ (अमेरिकी डलर १ लाख २७ हजार ५ सय) पुरस्कार जित्न सफल भएको छ।

नेपाली टिमले प्रतियोगिताको फाइनल चरणमा शानदार प्रदर्शन गर्दै अन्तिम खेलमा चिकेन डिनरसहित जित हासिल गर्‍यो। कुल १८ खेलमा १०० अंक प्राप्त गर्दै टोलीले समग्र नवौँ स्थान प्राप्त गर्‍यो।

पुरस्कार राशी विभिन्न चरणको प्रदर्शन अनुसार प्राप्त भएको हो:

ग्रुप स्टेज: $27,500

सर्भाइभल स्टेज: $25,000

शो म्याच: $15,000

फाइनलमा नवौँ स्थान: $60,000

यससँगै टिम होरा ईस्पोर्ट्सले कुल $127,500 जितेको हो, जुन नेपाली मुद्रामा करिब डेढ करोड रुपैयाँ बराबर पर्छ।

प्रकाशित मिति: सोमबार, साउन १९, २०८२  ०७:३४
प्रतिक्रिया दिनुहोस्