सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं :नेपाल ओलम्पिक कमिटी (एनओसी) मा देखिएको विवाद समाधानका लागि सरकारले तदर्थ समिति गठनको प्रक्रिया अघि बढाएको छ।
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले आफ्नो एक वर्षे कार्यकालको उपलब्धि सार्वजनिक गर्ने कार्यक्रममा एनओसीको तदर्थ समिति छिट्टै गठन गरिने जानकारी दिएका हुन्।
उनका अनुसार नेपाल ओलम्पिक कमिटीमा आवद्ध २७ खेल संघमध्ये २२ संघका पदाधिकारीहरूले मन्त्रालयमा निवेदन दिदैँ नयाँ समिति बनाउन बहुमतको समर्थन जनाएका छन्।
‘राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता भएका २७ खेल संघमध्ये २२ संघले तदर्थ समिति गठनका लागि निवेदन गरेका छन्। त्यसपछि हामीले परराष्ट्र मन्त्रालयमार्फत अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) र ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) लाई पत्राचार गरेका छौँ,’ मन्त्री चौधरीले बताए।
चौधरीले अदालतको आदेश विपरीत कथित साधारणसभा गरेर ओलम्पिक कमिटी कब्जा गरिएको भन्दै प्रधानमन्त्रीबाटै समस्या समाधानका लागि निर्देशन आएको उल्लेख गरे।
उनका अनुसार ओलम्पिक विवाद टुंग्याउन अन्तिमपटक अन्तर्राष्ट्रिय निकायलाई पत्राचार गर्ने र त्यसपछि तदर्थ समिति गठनको प्रक्रिया अघि बढाइने छ।