सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :प्रधानमन्त्री केपी शर्मा ओलीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिरमै गर्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलका क्रममा उनले युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई तयारीमा कुनै कमी हुन नदिन भनेका छन् । यस वर्षको मङ्सिर महिनाभित्र सम्पन्न गर्ने गरी तीव्र र प्रभावकारी तयारी थाल्न प्रधानमन्त्री ओलीको निर्देशन छ ।
प्रधानमन्त्री ओलीले सन् २०२६ मा जापानमा आयोजना हुने एसियन गेम्सलाई लक्षित गर्दै राष्ट्रिय खेलकुदलाई पूर्वतयारीको रूपमा सफलतापूर्वक सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् । प्रतियोगिताको मिति र स्थान यथासमयमा राम्रोसँग अध्ययन गरी निश्चित गर्न र एकपटक निर्णय भएपछि फेरबदल नगर्न समेत उनले निर्देशन दिएका छन् ।
परिषद्को संरक्षकसमेत रहेका प्रधानमन्त्री ओलीले मन्त्रालय र राखेपबीच आपसी समन्वय बलियो बनाउनुपर्ने आवश्यकता औंल्याए ।छलफलमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल, परिषद्का उपाध्यक्ष ध्रुव आचार्य र सदस्य–सचिव टंकलाल घिसिङलगायतको उपस्थिति थियो ।