T10 T10

सूर्यविनायकमा अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला बनाउने प्रधानमन्त्री ओलीको घोषणा

सोमबार, साउन १२, २०८२
Global

भक्तपुर :प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायकमा कम्तीमा ५० हजार दर्शक अट्ने सुविधा सम्पन्न रङ्गशाला निर्माण गर्ने घोषणा गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको छलफलमा सूर्यविनायक नगरपालिका, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारीहरूसँग रङ्गशाला निर्माणको सम्भाव्यताबारे परामर्श भएको हो।

छलफलका क्रममा प्रधानमन्त्री ओलीले काठमाडौँको दशरथ रङ्गशाला सानो भएकाले नयाँ र विशाल रङ्गशालाको आवश्यकता औंल्याउँदै आवश्यक जग्गा तथा पूर्वाधार सुनिश्चित गर्न आग्रह गरे।

यस क्रममा सूर्यविनायक नगरप्रमुख वासुदेव थापाले वडा नं ८, जगातेस्थित पुरानो इँट्टा टायल कारखानाको झण्डै २०० रोपनी क्षेत्रफल जग्गा रङ्गशालाका लागि उपलब्ध गराउने जानकारी गराए।

योजना अनुसार, उक्त जग्गामा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपको बहुप्रयोगी रङ्गशाला निर्माण गरिनेछ।

प्रकाशित मिति: सोमबार, साउन १२, २०८२  ०९:३७
प्रतिक्रिया दिनुहोस्