hERO hERO

स्पोर्टस अवार्ड पहिलो पटक उपत्यकाबाहिर हुने

शुक्रबार, साउन ९, २०८२

काठमाडौँ :पल्सर स्पोर्टस अवार्ड पहिलो पटक काठमाडौं उपत्यकाबाहिर हुने भएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को आयोजनामा हरेक बर्ष हुँदै आएको अवार्ड कार्यक्रम यसपटिक पहिलोपल्ट उपत्यकाबाहिर हुन लागेको हो । आज काठमाडौँमा आयोजित कार्यक्रममा (एनएसजेएफ)ले अवार्ड कार्यक्रमको २२औं संस्ककरण आगमी भदौ २९ गते पोखरामा हुने जानकारी दिएको हो । नेपाली खेलकुदमा वर्षभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीसहित प्रशिक्षक र खेलकर्मीलाई सम्मान गर्ने उदेश्यका साथ यसको सुरुआत भएको थियो ।

सदाझै यस वर्ष पनि अवार्डको मुख्य प्रायोजकको रूपमा गोल्छा ग्रुपको बजाज पल्सर मोटरसाइकललाई निरन्तरता दिइएको छ । यस वर्ष पनि अवार्डमा वर्षका उत्कृष्ट पुरुष खेलाडी, वर्षका उत्कृष्ट महिला खेलाडी, वर्षका उत्कृष्ट युवा खेलाडी, वर्षका उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, टिम अफ दी एयर, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोटर्स जर्नालिस्ट अवार्ड गरी १० विधा समावेश गरिएको छ ।

वर्ष खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपल्स च्वाइसको मनोनयन केही दिनमै सार्वजनिक गरिने छ । टिम अफ दी एयर, लाइफटाइम अचिभमेन्ट, स्पेसल, पारा एथलिट र एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड विधामा भने मनोनयन हुने छैन ।

सम्पूर्ण विजेताको घोषणा अवार्ड कार्यक्रमकै दिनमा गरिनेछ ।

प्रकाशित मिति: शुक्रबार, साउन ९, २०८२  १७:३२
प्रतिक्रिया दिनुहोस्