सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं :पब्जी मोबाइल ई–स्पोट्र्स विश्वकप खेल्न जाने नेपाली टोलीको बिदाई गरिएको छ ।
साउदी अरबमा हुने विश्वकपमा जाने नेपाली टोलीको आज एक कार्यक्रमकाबीच राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बिदाइ गरेको छ ।राखेपका सदस्य–सचिव टंकलाल घिसिङ र ई–स्पोट्र्स संघ नेपाल (इशान) का अध्यक्ष तथा राखेप सदस्य अन्जन धमलाले एक कार्यक्रमकाबीच टोलीलाई बिदाइ गरेका हुन् ।
विश्वकप प्रतियोगिता साउदी अरबमा आगामी जुलाई २३ देखि अगस्ट २५ सम्म सञ्चालन हुनेछ । टोलीमा आकाश राई, शीतल राई, सुप्रिम अधिकारी, उगेन छोपेल लामा, प्रवेश गुरुङ र आयुश लामा खेलाडीका रूपमा रहेका छन् । टोली व्यवस्थापनमा उमेश बुढथापा र अफिसियलमा सञ्जन गौतम तथा नवराम श्रेष्ठ रहेका छन् ।