गणेशमान सिंह स्मृति चेसमा आशिष फुयाल च्याम्पियन

खेल पत्रकार मञ्चलाई बुद्धिचाल महासंघको सम्मान
आइतबार, असार २२, २०८२

ललितपुर :वीर गणेशमान सिंह स्मृतिमा आयोजित खुला राष्ट्रिय रेटिङ र्‍यापिड चेस प्रतियोगिता दोलखाका आशिष फुयालको नाममा रहेको छ। उनले सात चरणको खेलमा ६.५ अंक जोड्दै उपाधि आफ्नो बनाएका हुन्।

हरिहर भवनस्थित राष्ट्रिय सहकारी महासंघको सभाहलमा सम्पन्न प्रतियोगितामा देशभरका १०३ खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए। आशिषले उपाधिसँगै २० हजार रुपैयाँ नगद, ट्रफी र स्वर्ण पदक प्राप्त गरे।

रौतहटका एफएम रुपेश जयसवालले ६ अंकसहित दोस्रो स्थान हात पार्दै १५ हजार रुपैयाँ र रजत पदक जिते।
काठमाडौंका सीएम पुरुषोत्तम सिलवाल ५.५ अंकसहित प्रोग्रेसिभ र टाइब्रेकरका आधारमा तेस्रो भए, उनले १० हजार नगद र कास्य पदक प्राप्त गरे।

शीर्ष १० भित्रका अन्य खेलाडीहरू:

  • खोटाङका धिरेन राई – चौथो (८ हजार)

  • मकवानपुरका एफएम क्षितिज भण्डारी – पाँचौं (६ हजार)

  • सुनसरीका मुहान नरसिंह श्रेष्ठ

  • ललितपुरका बद्रीलाल नेपाली

  • रौतहटका पुरुषोत्तम चौलागाईं

  • काठमाडौंका केशव श्रेष्ठ

  • ललितपुरका सुरज महर्जन
    (छैठौंदेखि दशौंसम्म – जनही ४ हजार रुपैयाँ)

महिला विधामा पूजा भण्डारी शीर्ष स्थानमा

कास्कीकी पूजा भण्डारी ४ अंकसहित महिला तर्फ प्रथम भइन्।
काठमाडौंकी सिन्दिराज जोशी र सुनसरीकी शान्ति धिमाल क्रमशः दोस्रो र तेस्रो स्थानमा रहिन्।

उमेर समूह, अनरेटेड र विशेष श्रेणी विजेता

  • अण्डर-१६: आदित्य गजुरेल (काठमाडौं), सजल न्यौपाने (सिन्धुपाल्चोक), शुभम जोशी (कञ्चनपुर)

  • अण्डर-१४: अनमोल घिसिङ, हर्षवर्धन राठी (काठमाडौं), सार्थक पन्त (कञ्चनपुर)

  • अनरेटेड श्रेणी: सोहोम श्रेष्ठ, जेनिसलाल श्रेष्ठ, विपिन आचार्य

  • ललितपुरका उत्कृष्ट: रत्न व्यञ्जनकार, सानो राजा बज्राचार्य, कमल श्रेष्ठ

  • सिनियर श्रेणी: गणेशमान दुवाल (भक्तपुर)

  • १८०० मुनि रेटिङ: सुरेन्द्र लामा (नुवाकोट)

  • १७०० मुनि रेटिङ: तारामान श्रेष्ठ (धादिङ)


खेल पत्रकार मञ्चलाई बुद्धिचाल महासंघको सम्मान

नेपाल खेलकुद पत्रकार मञ्चको नयाँ कार्यसमितिलाई नेपाल बुद्धिचाल महासंघले एक समारोहबीच सम्मानपत्र प्रदान गरेको छ। कार्यक्रम महासंघ अध्यक्ष हिराकाजी महर्जनको सभापतित्वमा सम्पन्न भएको थियो। प्रमुख अतिथि ललितपुर जिल्ला समन्वय समितिका अध्यक्ष ऋषि फुयाल थिए।

सम्मानित पदाधिकारीहरू:

  • अध्यक्ष: दुर्गानाथ निरञ्जन अधिकारी

  • प्रथम उपाध्यक्ष: प्रज्वल ओली

  • उपाध्यक्ष: सञ्जीव शिल्पकार, गोविन्द रेग्मी

  • महासचिव: अन्जन खड्का

  • सचिव: अनिल मल्ल ठकुरी

  • कोषाध्यक्ष: मुना कार्की

  • सदस्यहरू: रमेश सुवेदी, कवीरस शर्मा, अभिनव जोशी, नमिता दाहाल

कार्यवाहक अध्यक्ष प्रज्वल ओलीले खेल संघको क्रियाशीलतापत्रकारहरूको प्रतिबद्धताले खेलकुद क्षेत्रको भविष्य उज्यालो हुने विश्वास व्यक्त गरे।

समापनमा अध्यक्ष ऋषि फुयालले पत्रकार, खेलाडी र खेल संघबीचको त्रिकोणात्मक सहकार्य आवश्यक रहेको बताउँदै विजेता खेलाडीहरूको सफलताको कामना गरे।

प्रकाशित मिति: आइतबार, असार २२, २०८२  २१:५९
प्रतिक्रिया दिनुहोस्