T10 T10

नेपाल आर्मीलाई राष्ट्रिय महिला फाइभ ए साइड इन्डोर हक्की उपाधि

शनिबार, असार २१, २०८२
Global

भक्तपुर :नेपालमा पहिलो पटक आयोजना गरिएको राष्ट्रिय महिला फाइभ ए साइड इन्डोर हक्की प्रतियोगितामा नेपाल आर्मी क्लबले उपाधि जितेको छ।

भक्तपुरको थिमीस्थित मिडभ्याली कलेजमा सम्पन्न फाइनल खेलमा नेपाल आर्मीले सुदूरपश्चिम प्रदेशलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो।

सेमिफाइनलमा नेपाल आर्मीले कोशी प्रदेशमाथि ६–० को फराकिलो जित दर्ता गर्दा, सुदूरपश्चिमले गण्डकी प्रदेशलाई २–१ ले पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका थिए।

प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यले गर्नुभएको थियो भने समापन समारोहमा परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले विजेता टिमलाई पुरस्कार प्रदान गर्नुभएको थियो।

प्रतियोगिताको विजेता नेपाल आर्मीले नगद रु ५०,००० र उपविजेता सुदूरपश्चिमले रु २५,००० नगद पुरस्कार प्राप्त गरे।

कार्यक्रममा नेपाल हक्की संघकी महासचिव सुर्वण श्रेष्ठ, अध्यक्ष अनिल शर्मालगायतको उपस्थिति रहेको थियो।

व्यक्तिगत विधातर्फको पुरस्कार वितरण यसप्रकार छः
🔸 बेष्ट स्कोरर: आशीका एस.के. (सुदूरपश्चिम)
🔸 प्लेयर अफ दि टुर्नामेन्ट: सरस्वती तामाङ (नेपाल आर्मी)
🔸 बेष्ट डिफेन्डर: पूर्णिमा नेगी (सुदूरपश्चिम)
🔸 बेष्ट गोलकिपर: कुश्मा रानामगर (नेपाल आर्मी)
🔸 उदयमान खेलाडी: सपना तामाङ (बागमती प्रदेश)

यो प्रतियोगिता नेपालको महिला हक्की खेलको क्षेत्रमा ऐतिहासिक कोसेढुंगा सावित भएको छ।

प्रकाशित मिति: शनिबार, असार २१, २०८२  २०:०५
प्रतिक्रिया दिनुहोस्