Dosa Dosa

डिभोर्सको मुखैमा शमीप्रति हसीनको प्रेम फर्कियो! गाइन प्रेम गीत, भनिन्– ‘आई लभ यू’

शनिबार, असार २१, २०८२

काठमाडौँ : भारतीय क्रिकेटर मोहम्मद शमी र उनकी पत्नी हसीन जहाँबीच करिब सात वर्षदेखि कानुनी लडाइँ चलिरहेको छ।

हालै मात्र कलकत्ता उच्च अदालतले हसीन जहाँको गुजारा भत्ता सम्बन्धी निवेदनमा सुनुवाइ गर्दै शमीलाई पत्नी र छोरीलाई मासिक ४ लाख रुपैयाँ भत्ता दिन आदेश दिएको थियो।

तर हसीन जहाँले उक्त रकम पर्याप्त नभएको बताउँदै आक्रोश प्रकट गरेकी थिइन्। त्यसको केही दिनमै उनले इन्स्टाग्राममा एक भावुक भिडियो पोस्ट गरेकी छिन्, जसले पुनः चर्चामा ल्याएको छ – के शमीप्रति उनको प्रेम अझै बाँकी छ?

प्रेम गीतसँगै भावुक सन्देश

हसीन जहाँले आफ्नो इन्स्टाग्राममा ‘प्यार में होता है क्या जादू’ भन्ने पुरानो हिट हिन्दी गीत गाएको भिडियो पोस्ट गरेकी छन्। यो गीत १९९६ मा रिलिज भएको फिल्म पापा कहते हैं को हो, जुन कुमार सानु र अल्का याग्निकले गाएका थिए।

भिडियोसँगै उनले लामो सन्देश लेख्दै शमीलाई ‘आई लभ यू’ भनेकी छन्। सन्देशमा उनले शमीसँगको सात वर्ष लामो कानुनी लडाइँबाट कसैलाई केही फाइदा नभएको उल्लेख गरेकी छन्। उनले ‘चरित्रहीन’, ‘लालची’, र ‘अहंकारी’ जस्ता शब्द प्रयोग गर्दै ती सब कुरा अब निरर्थक भएको बताएकी छन्।

यो पोस्टपछि सामाजिक सञ्जालमा धेरैले अनुमान गर्न थालेका छन् कि हसीन जहाँको मोहम्मद शमीप्रति प्रेम अझै बाँकी छ या यो नयाँ मोडको संकेत हो।

 

प्रकाशित मिति: शनिबार, असार २१, २०८२  १६:५४
प्रतिक्रिया दिनुहोस्