SONAM WEAR SONAM WEAR

थाईल्याण्डले जित्यो त्रिकोणात्मक महिला टी–२० सिरिज

शुक्रबार, माघ २५, २०८१

काठमाडौँ :त्रिकोणात्मक महिला टी–२० सिरिज थाईल्याण्डले जितेको छ ।

आज भएको आफ्नो अन्तिम खेलमा घरेलु टोली नेपालाई ७ विकेटले हराउँदै थाईल्याण्डले उपाधि जितेको हो । खेलेका ६ खेलमध्ये थाईल्याण्डले ५ खेलमा जित निकाल्दै १० अंक सहित तालिकाको शिर्ष स्थानमा रहँदै थाईल्याण्डले सिरिज कब्जा गरेको हो । जितकालागि नेपालले दिएको ८२ रनको लक्ष्य थाईल्याण्डले १७ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।

थाईल्याण्डको जिमता कप्तान नारुएमोल चाइवाईले अविजित २७ रनको योगदान गरिन् । नान्नापत कोन्चारोएनकाईले २३ तथा नताया बुचाथमले ११ रन बनाईन् । त्यसअघि त्रिवि क्रिकेट मैदान किर्तिपुरमा टस जितेर पहिले ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८१ रनब नाएको थियो ।

नेपालकालागि सम्झना खड्काले सर्वाधिक १७ रनको योगदान गरिन् । कबिता जोशीले १४,राजमती ऐरीले ११, कप्तान विन्दु रावलले १० रन बनाएकी थिइन् । जित विहिन नेपालले खेलेका सबै ६ खेलमै पराजय भोगेको छ । खेलेका ६ खेलमध्ये ४ खेलमा जित र २ खेलमा हार भोगेको नेदरल्याण्ड्स दोस्रो स्थानमा रह्यो ।
 

प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  १५:१६
प्रतिक्रिया दिनुहोस्