ADD FOR WEBSIDE ADD FOR WEBSIDE

७ प्रदेश सरकारको बजेटमा खेलकुद, कसको प्राथमिकतामा कति ? 

मधेश प्रिमियर लिग आयोजना गरिने 
आइतबार, असार २, २०८१

काठमाडौँ  :  बागमती प्रदेशः प्रदेश सरकारले चितवनको भरतपुरस्थित निर्माणाधीन गौतमबुद्ध अन्तराष्टिय क्रिकेट रंगशालाको लागि १० करोड रुपैंया विनियोजन गरेको छ । 
सहलगानीमा सम्पन्न गर्न भन्दै बागमतीका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले १० करोड विनियोजन गरेको घोषणा आगामी वर्ष २०८१/०८२ को बजेटमार्फत् गरेका हुन् । 
शनिबार प्रदेश सभा बैठकमा बजेट वक्तव्य प्रस्तुत गर्दैै मन्त्री थपलियाले हेटौंडाको गौरीटारमा निर्माणाधीन अन्तराष्ट्रिय खेलकुद परिसर तथा निर्माणाधीन अन्य खेलकुद पूर्वाधार निर्माणलाई निरन्तरता दिन ७ करोड ५५ लाख रुपैंया विनियोजन गरेको जानकारी दिए ।
सबैका लागि खेलकुदको अवसर दिलाउन र स्थानीय स्तरमा हुने खेलकुदलाई प्रोत्साहन गर्न खेल पर्यटनको विकास तथा प्रादेशिक खेलकुद कार्यक्रम सञ्चालन गर्न बागमति सरकारले ८ करोड रुपैंया बजेट विनियोजन गरेको छ । बागमती सरकार अन्र्तगतको युवा तथा खेलकुद मन्त्रालयलाई प्रदेश सरकारले ७४ करोड रुपैंया बजेट विनियोजन गरेको आर्थिक मामिला मन्त्री थपलियाले बताए ।

कर्णाली प्रदेश : कर्णाली सरकारले प्रदेशमा खेलकुद प्रवद्र्धन गर्न, डोल्पा, जाजरकोट, सल्यान र रुकुम पश्चिमलाई पायक पर्ने स्थान चौरजहारीमा रंगशाला निर्माण गर्न २० करोड रुपैंया विनियोजन गरेको छ ।
प्रदेश गौरवको आयोजनाको रुपमा रहेको प्रदेश रंगशाला निर्माण कार्य आगामीभित्र सम्पन्न गर्ने घोषणा गर्दै आगामी मंसिरमा कर्णालीको सुर्खेतमा हुने दशौं राष्ट्रिय खेलकुदलाई सफल रुपमा सम्पन्न गर्न आवश्यक पूर्वाधारको निर्माण कार्यलाई उच्च प्राथमिकतामा राखेको कर्णालीका अर्थमन्त्री महेन्द्र केसीले घोषणा गरे  । 
उक्त प्रतियोगितामा कर्णालीबाट प्रतिनिधित्व गर्ने खेलाडीको मनोबल उच्च राख्न प्रोत्साहन र प्रशिक्षणको व्यवस्था मिलाईने घोषणा गरेका उनले खेलकुद प्रतियोगिता सञ्चालनका लागि आवश्यक रकमको व्यवस्था मिलाएको दाबी गरेका छन् ।  
कोशी प्रदेश : कोशी सरकारले पनि आगामी मंसिर २ देखि ७ गतेसम्म सुर्खेतमा आयोजना हुने दशौं राष्टिय खेलकुद प्रतियोगितामा प्रदेशको सहभागिताको लागि आवश्यक बजेट व्यवस्था गरेको घोषणा गरेको छ । 
आर्थिक मामिला तथा योजनामन्त्री राम बहादुर मगरले प्रदेशमा खेलकुद पूर्वाधार विकास र खेलकुद गतिविधिलाई विद्यालय तहबाटै विकास गर्न तथा राष्टिय अन्तराष्टिय प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीलाई पुरस्कृत गर्न, खेल क्षेत्रको विकास एवं् खेलाडीको क्षमता विकास गर्न तथा झापाको कमल गाउँपालिकामा रहेको आदिवासी जनजाति रंगशाला, पाँचथर रंगशाला निर्माणको लागि आवश्यक बजेट विनियोजन गरेको घोषणा गरे ।

मधेश प्रदेश : आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत् मधेशका अर्थमन्त्री भरत कुमार साहले मधेश प्रिमियर लिग (एमपीएल), मधेश ओलम्पिक स्पोर्टस् केन्द्रलगायतका कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरेको बताएका छन् । 
उनले पर्साको वीरगञ्ज महानगरपालिका १५ स्थित नारायणी क्रिकेट रंगशालामा अन्तराष्टिय स्तरको क्रिकेट प्रशिक्षण केन्द्रको स्थापनाको लागि आवश्यक विस्तृत अध्ययन प्रतिवेदन तयार गर्न बजेट विनियोजन गरेको समेत बताए । मधेश सरकारले खेलकुद तथा समाज कल्याण मन्त्रालय तर्फ १ अर्ब ९५ करोड ८३ लाख ५० हजार रुपैंया बजेट विनियोजन गरेको छ ।

लुम्बिनी प्रदेशः लुम्बिनी सरकारले खेल पूर्वाधार निर्माण र विभिन्न प्रतियोगितात्मक कार्यक्रम सञ्चालनका लागि २३ करोड रुपैंया बजेट विनियोजन गरेको छ । यस्तै, शिक्षा, युवा तथा खेलकुद क्षेत्रका कार्यक्रम सञ्चालन गर्न १ अर्ब ९६ करोड ५३ लाख रुपैंया विनियोजन गरेको घोषणा लुम्बिनीका आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण अर्यालले गरेका छन् ।
खेलकुद क्षेत्रका प्रवद्र्धन गर्नको लागि युवाहरुलाई खेलकुद सामग्री प्रदान गर्न २ करोड ५० लाख रुपैंया विनियोजन गरेको मधेश प्रदेश सरकारले मधेश प्रिमियर लिग कार्यक्रम गर्ने घोषणा गरेको छ ।

सुदुरपश्चिम प्रदेश : आगार्मी आर्थिक वर्षमा कैलालीको टिकापुरस्थित निर्माणाधीन टीकापुर स्पोर्टस् एकेडेमी र कञ्चनपुरको महेन्द्रनगरमा निर्माणाधीन बहुउदेश्यीय कभर्ड हल निर्माण सम्पन्न गर्न १२ करोड रुपैंया विनियोजन भएको छ ।
सुदुरपश्चिम प्रदेशका सवै जिल्लाहरुमा क्रमश बहुउदेश्यीय रंगशाला निर्माण र स्तरोन्नति गदै लैजाने घोषणा प्रदेश सरकारले बजेट वक्तव्यमार्फत् गरेको छ ।
प्रदेश भित्र र बाहिर सञ्चालन हुने खेल प्रतियोगिताहरुमा सुदुरपश्चिममा छानोट प्रतियोगिता र खेलाडीहरुको सहभागिता तथा राष्टिय अन्तराष्टिय स्तरका खेलकुद प्रतियोगितामा उत्कृष्ट भइ पदक प्राप्त गर्ने प्रदेशका खेलाडीलाई विशेष सम्मानसहित प्रोत्साहनका लागि आवश्यक बटेज व्यवस्था गरिएको वक्तव्यमा उल्लेख छ ।

गण्डकी प्रदेशः गण्डकी सरकारले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत् खेलकुद क्षेत्रको विकास, विस्तार र सुदृढीकरणका लागि संघ सरकार र स्थानीय तहबीच सहकार्य र साझेदारी गर्दै खेलाडीहरुको व्यवसायिकता विकास, प्रशिक्षण र प्रोत्साहनका विशेष कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ ।
आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले प्रदेशका ख्यातिप्राप्त खेलाडीहरुको सम्मान कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेटको व्यवस्था मिलाएको घोषणा गरे । उनले उच्च उचाई खेल तालिम केन्द्रको पूर्वाधार निर्माण आगामी वर्षमा सुरु गरी उचाईमा खेलः खेलमा उचाई कार्यक्रम सञ्चालन गर्ने बताउँदै त्यसका लागि आवश्यक बजेट छुट्याएको बताए ।
गण्डकी सरकारले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयलाई ५ अर्ब ४७ करोड ७४ लाख १६ हजार रुपैंया बजेट विनियोजन गरेको छ ।

प्रकाशित मिति: आइतबार, असार २, २०८१  ०८:४७
प्रतिक्रिया दिनुहोस्