सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
विराटनगर:उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)मोरङकोे आयोजनामा हिसान स्पोट्र्स मिट २०८२ अन्तरगत मंगलबार भएको हिसान वास्केट बल खेलमा शिक्षादिप कलेज र विकेभिएम कलेज फाइनलमा प्रवेश गरेका छन् ।
पहिलो खेलमा शिक्षदिप कलेजले कोवास कलेजलाई ४३–११ को स्कारले पराजित गरि फाइनलमा प्रवेश गरेको छ । शिक्षादिपले खेलेको ३ खेलमा २ मा जित र १ मा पराजित हुँदै समुह उप–विजेताको रुपमा फाइनलमा प्रवेश गरेको हो । पराजित कोबासले खेलको ३ खेलमै पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । खेलको प्लेयर अफ द म्याच शिक्षादिपका प्रिन्स राउत घोषित भए ।
लिगको अन्तिम खेलमा विकेभिएम कलेजले अरिनिको कलेजलाई ४५–२५ को स्कारेले पराजित गरि फाइनलमा प्रवेश गरेको छ । लगातार ३ खेलमा विजयी हुँदै समुह विजेता बन्दै विकेभिएम फाइनलमा प्रवेश गरेको हो । पराजित अरनिको ३ खेलमा १ खेलमा जित र २ खेलमा पराजित भई समुहमा तेस्रो हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । खेलक प्लेयर अफ द म्याच विकेभिएमका सक्षम गुप्ता घोषित भए । वास्केटलमा ४ वटा कलेजले मात्र सहभागि भएका कारण लिगको आधारमा खेल खेलाइएको थियो । लिगमा टम टुमा पर्नै टिम फाइनलमा प्रवेश गरेका छन् ।