सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं:वल्र्ड ओलिम्पियन एसोसिएसनको हालै सम्पन्न अनलाइन साधारण सभाबाट नेपालका ओलिम्पियन दीपक विस्ट एसिया क्षेत्रको प्रतिनिधिका रूपमा निर्वाचित भएका छन्।
अन्तर्राष्ट्रिय ओलिम्पियन समुदायको महत्वपूर्ण संस्थामा एसिया क्षेत्रको प्रतिनिधित्व गर्ने जिम्मेवारी प्राप्त गर्नु नेपाली खेलकुद क्षेत्रका लागि गौरवको विषय बनेको छ। दीपक विस्टको यो चयनले विश्वस्तरमा नेपाली ओलिम्पियनहरूको उपस्थिति र पहिचान थप सुदृढ हुने विश्वास गरिएको छ।
ओलिम्पियन विस्टले अन्तर्राष्ट्रिय मञ्चमा एसिया क्षेत्रका ओलिम्पियनहरूको हकहित, अनुभव र आवाजलाई सशक्त रूपमा उठाउने अपेक्षा गरिएको छ। साथै, यो जिम्मेवारीले नेपाली खेलकुदको विकास र अन्तर्राष्ट्रिय सहकार्य विस्तारमा समेत सकारात्मक योगदान पुर्याउने विश्वास लिइएको छ।
उनको यस महत्वपूर्ण जिम्मेवारीप्रति विभिन्न खेलकुद संघसंस्था तथा खेलप्रेमीहरूले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।