सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :दिपेन्द्र सिं ऐरिको टी–२० अलराउण्डर वरियता खस्किएको छ ।
अन्तराष्ट्रिय क्रिकेट परिषद आइसीसीले आज सार्वजनिक गरेको वरियतामा ऐरी २ स्थान तल झर्दै छैटौँ स्थानमा आइपुगेका हुन् । शीर्ष स्थानमा पाकिस्तानका सइम अैयुव यथावत छन् । जिम्वाबेका सिकन्दर राजाले ३ स्थान सुधार गर्दै दोस्रो स्थान कब्जा गर्दा तेस्रो स्थानमा वेष्टइण्डिजका रोस्टन चेस रहेका छन् । नयाँ वरियतामा उनले ६ स्थान सुधार गरेका छन् ।
टी–२० बलिङतर्फ सन्दीप लामीछानेको पनि वरियता एक स्थान खस्किएको छ । नयाँ वरियतामा उनी ८१ औँ स्थानमा छन् । टी–२० ब्याटिङ तर्फ सबै नेपालीको वरियता खस्किएको छ । दिपेन्द्र सिं ऐरी र रोहित पौडेलेको वरियता एक-एक स्थान खस्किएर क्रमश ७२ तथा ७४ औँ स्थानमा आइपुगेका छन् । आशिफ शेख र कुशल भुर्तेलको पनि वरियता दुई÷दुई स्थान खस्किएको छ ।
नयाँ वरियतामा आशिफ ७६ तथा भुर्तेल ७७ औँ स्थानमा छन् ।