नेपालले युएईलाई दियो २४० रनको चुनौति 

बुधबार, कात्तिक १९, २०८२

काठमाडौँ :आईसीसी विश्वकप लिग–२ क्रिकेटमा नेपालले युएईसामु जितकालागि २४० रनको चुनौति प्रस्तुत गरेको छ ।

आईसीसी एकेडेमी ग्राउण्डमा टस हारेर  पहिले ब्याटिङमा तानिएको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाएर २३९ रन बनायो । नेपालकालागि भीम सार्कीले सर्वाधिक ४८ रनको योगदान गरे ।

कुशल मल्लले ४६, दिपेन्द्र सिं ऐरीले ३७ तथा आशिफ शेखले ३४ रन जोडे । आरिफ शेखले ३० रन बनाउँदा रन बनाए । कप्तान रोहित पौडेल र कुशल भुर्तेल समान २–२ रनमा समेटिए । पौडले २ रन जाडेपनि एक दिवशीय अन्तराष्ट्रिय क्रिकेटमा उनले २ हजार रन पूरा गरेका छन् ।

 लिग– २ मा नेपाल हाल १९ खेलमा १२ अंकसहित सातौं स्थानमा छ । समान खेलमा ८ अकं जोडेको यूएई पुछारमा छ ।
 

प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०८२  १६:४९
प्रतिक्रिया दिनुहोस्