लिग-२ मा युएइको लज्जास्पद हार, अमेरिकासंग २४३ रनले पराजित

सोमबार, कात्तिक १७, २०८२

काठमाडौँ :आइसीसी एक दिवशीय विश्वकप लिग–२ मा युएइले लज्जास्पद हार ब्यहोरेको छ ।

आज भएको खेलमा युएई अमेरिकासंग २४३ रनले पराजित भएको हो । जितकालागि अमेरिकाले दिएको २९३ रनको लक्ष्य पछ्याएको युएई २२.१ ओभरमा अलआउट हुँदै ४९ रनमा समेटियो । उसकालागि जुनाइद सिद्धिकीले सर्वाधिक १० रन बनाएपनि अन्य कुनै पनि खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।

मोहम्मद वासीमले ८ तथा हैदर अलीले ६ रन जोडे । जाहिद अली र कप्तान अलिसान सराफुले खाता नै खोल्न सकेनन् । युएईलाई सस्तैमा समेट्ने क्रममा बलिङतर्फ रुशिल उगारकरले सर्वाधिक ५ विकेट लिए ।

सौरभ नेत्रवलकरले ३ विकेट हात पारे ।त्यसअघि दुवाई अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङमा तानिएको अमेरिकाले निर्धारित ओभरमा ३ विकेट गुमाउँदै २९२ रन बनायो उसकालागि शैतेजा मुकमल्ला र मिलन्द कुमारले बिस्फोटक ब्याटिङ गर्दै शतकिय पारी खेले । मुकमल्लाले १३७ तथा मिलन्द कुमारले १२१ रन जोडे ।

कप्तान मोनांक पटेलले १५ तथा स्मिथ पटेलले ५ रन जोडे । युएईकालागि जुनाइद सिद्धिकीले २ तथा मोहम्मद रोइतले १ विकेट लिए ।

जारी प्रतियोगितामा अमेरिका अपराजित छ । 
 

प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०८२  १७:२५
प्रतिक्रिया दिनुहोस्