hERO hERO

मनाङ मस्र्याङ्दी यु–१६ लिगको शीर्षमा

शुक्रबार, साउन ९, २०८२

काठमाडौँ :मनाङ मस्र्याङ्दी एन्फा यु–१६ लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

सातदोबाटोस्थित एन्फा मैदानमा आज भएको खेलमा हिमालयन शेर्पालाई ४–२ गोल अन्तरले हराउँदै मनाङ मस्र्याङ्दीले शीर्ष स्थानमा स्थान बनाएको हो । मनाङको जितमा प्रकाश सिंहले दुई गोल गरे । रोहन थापामगर र सन्देश तामाङले एक–एक गोलको योगदान गरे । शेर्पाका लागि जेनील सुब्बा र संगे शेर्पाले गोल गरे ।

आजै भएको पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले सातदोबाटो युवा क्लबमाथि ३–१ को पुनरागमन जित निकालेको छ । 


 

प्रकाशित मिति: शुक्रबार, साउन ९, २०८२  १९:४९
प्रतिक्रिया दिनुहोस्